Logo

बागमती पेज

जेष्ठ २, २०७८ आईतबार

चितवनमा खानेपानी संस्थानको लापरबाही, स्थानीय बने आक्रोसित…


चितवन । चितवनमा खानेपानी संस्थानको लापरबाहीका कारण जिल्लाकै मुटु मानिने भरतपुर महानगरपालिका भित्र सडकमा पानीका पाईपहरु फुटि अलपत्र अवस्थामा रहेको छ ।

भरतपुरको मालपोत चोक देखि जिल्ला प्रशासन कार्यालय सम्म वरिपरिका वाईपाससडकमा पानीका पाईपहरु फुटि अलपत्र अवस्था रहदा स्थानीयहरु आक्रोसित बनेका हुन् ।

सडक निर्माण भएको करिव दुई महिना नपुगदै बाईपास रोडहरुमा खानेपानीका पाईपहरु यसरी फुट्दा स्थानीयहरु मात्र नभई अरुले पनि दुषित खानुपर्ने बाध्यता रहेको छ । कोभिडको महामारिमा घरमै बस्दा पनि कयौ जनताहरुले पानिका पाईपहरु फुटि प्रदुषित पानी खानुपने हुदां रोग नलागला भन्न सकिदैन ।

खानेपानी संस्थानको लापरबाहीले गर्दा पानीबाटै झाडापखाला लाग्न सक्ने समेत उनिहरुले बताएका छन् ।अव्यवस्थित रुपमा पानीको पाईप राख्दा बनेको करिव दुई महिना नै नपुगदा पिच सडकमा यसरी पानी जम्नु र सडकमा खाडल समेत हुने भन्दै स्थानीयहरुले गुनासो गरेका छन् ।

उनीहरुले पटक पटक खानेपानी संस्थानमा फोन गर्दा कसैले पनि फोन नउठाएको समेत स्थानीयहरुको गुनासोर रहेको छ । श्रोतका अनुसार यसरी मालपोत चोक देखि जिल्ला प्रशासन सम्मका पीच सडकहरुमा पानीका पाईपहरु किन फुटे ? यो हेर्ने निकाय काहाँ छ ? उनीहरुले भने । स्थानीयहरु बाध्य भएर तिनै खाडल पुर्न ढुङ्गा समेत राखेको बताएका छन् ।

सडकमा राखिएका डिभाईसहरुमा समेत रातिको समयमा गुड्ने सवारी साधानहरु दुर्घटना समेत हुने गरेको स्थानीयहरुले जनाएका छन् ।