Logo

बागमती पेज

जेष्ठ ४, २०७८ मंगलबार

कागेश्वरीको गोठाटार स्वास्थ्य चौकीबाट भेरोसेल खोपको दोस्रो डोज


काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकामा जेष्ठ २ गते देखी कोभिड-१९ विरुद्धको चिनियाँ भेरोसेल (दोस्रो मात्रा) खोप अभियान सञ्चालनमा आएको छ ।

कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ९ मा रहेको गोठाटार स्वास्थ्य चौकीबाट आइतबार सामाजिक दुरी कायम तथा स्वास्थ्य मापडण्ड पुरा गरि २ सय ९७ जनालाई दोस्रो चरणको भेरोसेल खोप लगाइएको थियो । त्यसैगरी दोस्रो दिन जेठ ३ गते गोठाटार स्वास्थ्य चौकीबाट ११४ महिला र १६१ पुरुष गरी जम्मा २७५ जनाले भेरोसेल खोप लगाएको नगर प्रमुख कृष्णहरि थापाले बागमती पेजलाई जानकारी दिएका छन् ।

चैत २९ र ३० गते लगाएकाहरुले मात्र जेष्ठ ३ गते उक्त खोप लगाएका हुन् । चैत ३१ र बैशाख २ गते खोप लगाएकाले जेष्ठ ४ गते, बैशाख ३ र ४ गते लगाएकाले जेष्ठ ५ गते, बैशाख ५ र ६ गते खोप लगाएकाले जेष्ठ ६ गते दोस्रो डोज लगाउन सक्ने नगर जनस्वास्थ्य शाखाले जनाएको छ ।

यस्तै, स्वास्थ्य शाखाका अनुसार बैशाख ७, ८, ९ र १० गते पहिलो खोप लगाएकाहरुले जेष्ठ ७ गते, बैशाख ११ र १२ गते लगाएकाले जेष्ठ ८ गते, बैशाख १३ गते पहिलो डोज लिएकाले जेष्ठ ९ गते दोस्रो डोज लिन सक्नेछन् । त्यसैगरी बैशाख १४ गते पहिलो डोज लिएका व्यक्तिहरुले जेष्ठ १० र बैशाख १५ गते खोप लिएकाले जेष्ठ ११ गते दोस्रो डोज लगाउन सक्नेछन् । पहिलो डोजको खोप लिएकाहरुले बिहान १० देखि ४ बजेसम्म नजिकको खोप केन्द्रमा गएर खोप लिन सक्ने जनाईएको छ ।