Logo

बागमती पेज

जेष्ठ ५, २०७८ बुधबार

सामाजिक अभियन्ता प्रदिप डंगोलको संयोजनमा छायाँ नेपालद्वारा WHR लाई खाद्यान्न सहयोग


काठमाडौं । बूढानीलकण्ठ नगरपालिका वडा नं ७ हात्तीगौडामा रहेको मानव अधिकारको लागि महिला एकल महिला संस्थालाई छायाँ नेपालले खाद्यान्न सहयोग गरेको छ । सामाजिक अभियन्ता एवं गैर सरकारी संस्था महासंघ नेपाल काठमाडौं शाखाका अध्यक्ष प्रदिप डंगोलको पहल तथा संयोजनमा छायाँ नेपाल संस्थाले आज खाद्यान्न सहयोग गरेको हो ।

कोभिड महामारीका बिच अग्रमोर्चामा विभिन्न अस्पताल तथा आइसोलेसनमा रहेर सेवा प्रदान गर्दै आएका स्वास्थ्यकर्मी तथा स्वास्थ्य कर्मचारीहरुलाई मानव अधिकारको लागि महिला एकल महिलाले विगतदेखि नै छाहरी भवनमा पकाएको खानेकुरा प्रदान गर्दै आएको छ ।

हरेक विपत्तिको साथीः WHR छहारी भन्ने मूल नाराको साथ देशका विभिन्न स्थानमा कोभिड-१९ महामारीका विरुद्द दिनरात कार्यरत डाक्टर, नर्स, एम्बुलेन्स तथा शव वाहन व्यवस्थापनको अग्रपंत्तिमा खटिएका कर्मचारीहरुलाई ताजा खानेकुरा प्रदान गर्दै आएको हो ।

मानव अधिकारको लागि महिला, एकल महिला (WHR)कि संस्थापक अध्यक्ष एवं राष्ट्रिय मानवअधिकार आयोगकी सदस्य लिली थापालाई छाया नेपाल संस्थाका निर्देशक राम महर्जनले विभिन्न खाद्यन्न सामग्रीहरु एक कार्यक्रमकाबीच हस्तान्तरण गरेका छन् । छायाँ नेपाल संस्थाले मानव अधिकारको लागि महिला एकल महिलाको केन्द्रीय कार्यालय छहारी भवनलाई चामल २५ बोरा, आलु ५ बोरा, प्याज १ बोरा, खाने तेल २० लिटर, गाजर २० केजी लगातयका खाद्यन्न सामग्रीहरु सहयोग गरेको हो ।

छायाँ नेपालका निर्देशक राम महर्जनले कोभिड-१९ महामारीको बीचमा संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत खाद्यान्न वितरण लगाएतको काम गर्दै आएको बताए । उनले आगामी दिनमा पनि विभिन्न समस्यामा परेका तथा सहयोगी संस्थाहरुको सहकार्यमा सकेको सहयोग गर्दै जाने प्रतिवद्धता जनाएका थिए ।

मानव अधिकारको लागि महिला एकल महिला (WHR)कि अध्यक्ष लिली थापाले छाया नेपाल संस्थाले कोभिड महामारीका बिच अग्रपंत्तिमा खटिएका स्वास्थ्यकर्मी र कर्मचारीहरुलाई पकाएका खानेकुरा वितरण गर्ने अभियानमा सहयोग गरेकोमा धन्यवाद व्यक्त गरिन् ।