Logo

बागमती पेज

जेष्ठ ५, २०७८ बुधबार

व्यवसायी पाण्डेद्वारा मेलम्ची नगरपालिकालाई स्वास्थ्य सामाग्री हस्तान्तरण


सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकालाई कोरोना रोकथाम तथा नियन्त्रणका लागि मास्क सेनिटाइजर लगायतका स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरिएको छ ।

व्यवसायी मनिष राज पाण्डेले नगरपालिकालाई महामारी नियन्त्रणका लागि ३५ हजार मास्क, १०० लिटर सेनिटाइजर, २५ थान पीपीई सेट लगायतका सामाग्रीहरु हस्तान्तरण गरेका हुन् ।

पाण्डेले नगरपालिकाका मेयर डम्बर अर्याल, उपमेयर भगवती नेपाललाई उक्त सामाग्री हस्तान्तरण गरेका हुन् । नगरपालिकाले उक्त स्वास्थ्य सामाग्रीहरु नगरपालिकाका ११ वटै वडाका नागरिकहरुलाई वितरण गर्नेछ ।