Logo

बागमती पेज

जेष्ठ ६, २०७८ बिहीबार

स्थानीय तहमा बादललाई खिमलालले जिते, कस्ले मार्ला बाजी !


काठमाडौं । राष्ट्रियसभा उपचुनावमा स्थानीय तहको मतगणना सकिएको छ । स्थानीय तहमा रामबहादुर थापा बादललाई डा. खिमलाल देवकोटाले उछिनेका छन् ।

डा. देवकोटाले १२८ मत पाउँदा बादलले १०३ मत मात्रै पाएका छन् । २ मत नेमकिपाका उम्मेदवार कृष्णबहादुर तामाङले पाएका छन् । अब प्रदेशसभाको मत गन्न बाँकी छ ।

खिमलालले पाएको १२८ मतको मतभार २३०४ हुन्छ भने बादलले पाएको मतभार १८५४ हुन्छ । डा. देवकोटाले पाएको मतभार बादलको भन्दा ४५० बढी छ ।