Logo

बागमती पेज

जेष्ठ ७, २०७८ शुक्रबार

राष्ट्रपतिमाथि महाअभियोग लगाउन नेपाली कांग्रेसका नेता थापाको प्रस्ताव !


काठमाडाैँ । नेपाली कांग्रेसका नेता गगन थापाले राष्ट्रपति विद्यादेवी भण्डारीमाथि महाअभियोग लगाउनुपर्ने प्रस्ताव गरेका छन् ।सामाजिक संजालमार्फत उनले महाअभियोगको प्रस्ताव गरेका हुन् ।

नेता थापाले भनेका छन्,- ‘विश्वासको मत लिन मन नलागे प्रमले राजीनामा गर्ने अनि राष्ट्रपतिले प्रकृया सुरु गर्ने हो नेतागण, के राष्ट्रपति र प्रमले थाहा नपाएर यो गरेको हो ? जानेर गरेको हो । गनगन गरेर नबसौं। सुझबुझ पुर्याउँ र यिनले दिएको समय अगावै नयाँ सरकार बनाएर ओलीलाई बिदा गरौं, महाअभियोग लगाएर रापलाई बिदा गरौं।’