Logo

बागमती पेज

जेष्ठ १४, २०७८ शुक्रबार

नागार्जुन नगरपालिकालाई श्यारमिनुब गुम्बाको स्वास्थ्य सामाग्री सहयोग


काठमाडौं । नागार्जुन नगरपालिकालाई श्यारमिनुब गुम्बा नागार्जुन- १ ले स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

नागार्जुन नगरपालिका वडा नं १ का वडा सदस्य रामेश्वर लामाको पहलमा श्यारमिनुब गुम्बाले नागार्जुन नगरपालिका वडा नं १ मा संचालित आइसोलेसनको लागि आवश्यक  स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो ।

गुम्बाले माक्स १ बास्क,  पी पी इ ५० थान, अक्सिमिटर २५ थान स्यानिटाईजर १० लिटर लगायतका स्वास्थ्य सामाग्री नगर प्रमुख मोहन बहादुर बस्नेत, उप-प्रमुख सुशिला अधिकारीलाई हस्तान्तरण गरिएको छ । कोरोना महामारीको विषम परिस्थितिमा गरिएको सहयोगको लागि नगरपालिका प्रमुख बन्नेतले धन्यबाद ज्ञापन गरेका छन् ।

पछिल्लो समय नागार्जुन नगरपालिकामा संक्रमितको संख्या बढ्दै गए पछि नगरपालिकाले थप सतर्कता अपनाउंदै सामाजिक, भौतिक दूरी कायम गरि कोरोना रोकथामका लागि जनस्वास्थ्यका मापदण्ड पालना गरेर सहयोग गर्न नगर बासीलाई अनुरोध गरेको छ ।