Logo

बागमती पेज

कार्तिक १२, २०७८ शुक्रबार

नेकपा (एकीकृत समाजवादी)काे चुनाव चिन्ह कलम


चितवन । नेकपा (एकीकृत समाजवादी) ले कलम चुनाव चिन्ह पाएकाे छ ।

निर्वाचन आयोगले मंगलबार एकीकृत समाजवादीलाई कलम चुनाव प्रदान गरेको घाेषणा गरेकाे हाे । नेकपा एकीकृत र नेकपा एकीकृत समाजवादीबीच पार्टी एकता भएपछि एकीकृत समाजवादीलाई कलम चुनाव चिन्ह प्रदान गरिएको निर्वाचन आयोगले पत्रमार्फत पार्टीलाई जानकारी दिएकाे छ ।

आयोगले एकीकृत समाजवादीलाई रातो पृष्ठभूमिमा बायाँ भागको माथिल्लो कुनामा सेतो रङको हँसिया र हथौडा खप्टिएको चिन्हलाई पार्टी झण्डाका रूपमा मान्यता दिएको हाे।