Logo

बागमती पेज

जेष्ठ १४, २०७८ शुक्रबार

उप-प्रमुख महतोद्वारा प्रसुतीजन्य सेवाका लागि सवारी साधन निःशुल्क उपलब्ध गराउने घोषणा


चितवन । माडी नगरपालिका उप-प्रमुख ताराकाजी महतोले प्रसुती महिला साथै अरु कोभिडका बिरामिहरुलाई स्वास्थ्य समस्या परेमा नगरपालिकामा आफुले प्रयोग गर्दै आएको सवारि साधन निःशुल्क उपलब्ध गराउने घोषणा गरेकी छन् ।

कोरोना संक्रमणको अवस्थामा आवश्यक मात्रमा एम्बुलेन्स उपलब्ध नहुने भएकाले अति संवेदनशिल अबस्थाका गर्भवती, सुत्केरी लगायतका स्वास्थ्य समस्यामा परेका महिलाहरुलाई आफुले प्रयोग गर्दै आएको सवारी साधन नै उपलब्ध गराउने घोषणा गरेको जनाएकी छन् ।

माडी नगरपालिका उपप्रमुख महतोले आफ्नो सामाजिक संजाल मार्फत सम्पुणर् माडीबासी लाई कोभिड-१९ को यो माहामारिमा सबै जना सुरक्षीत रहन र स्वास्थ्यको मापदण्डलाई पालना गर्न अनुरोध समेत गरेकी छन् । आफु बच्न र अरुलाई पनि बचाउन तथा कोभिड सङ्क्रमितहरुलाई स्वास्थ्यलाभको कामना गदै कोहि पनि सवारि साधनबाट पिडित नहुन भन्ने उनको भनाई छ  ।

उनले यो माहामारिको बेला अति संबेदनशिल अवस्था गर्भवती, सुत्केरी, नवजात शिशु जाँच वा उपचारको अवस्थामा कुनै बेला एम्बुलेन्स नपाईने भएकोले यस्तो अवस्थामा अस्पताल पुग्न सकिएन भने आमा र बच्चा दुबैलाई खतरा हुने भएकोले त्यस्तो समस्या परेमा मलाई खबर गर्न भनि अपिल गरेकी छन् ।

उपप्रमुख महतोले माडी नगरपालिकाको मैले प्रयोग गर्दै आएको गाडी मार्फत सहयोग गर्ने जनाउँदै समस्यामा परेकाहरुले आफ्नो मोबाइल नम्बर समेत दिएकी हुन् । ९८५५०४८३०६ तथा गाडी चालक हिरा कार्कीको मोबाइल नम्बर ९८६४२६३१८३ मा खबर गर्न अनुरोध गर्दै सबैलाई जानकारि गराएकी हुन् ।

समाजिक संजाल मार्फत उक्त कुरा जानकारी गराउँदा उपप्रमुख महतोको घोषणाले माडीवासी खुशी भएका छ्न भने सोहि गाउँका हरेक चोक-चोकमा उनको प्रशंसा समेत चल्न थालेको छ ।