Logo

बागमती पेज

जेष्ठ १४, २०७८ शुक्रबार

चितवन जिल्ला प्रशासनद्वारा सतर्कता अपनाउन आग्रह


चितवन । चितवन जिल्ला प्रशासन कार्यालयले लगातारको वर्षसँगै बाढी पहिरोमा जोखिम रहेको बताएको छ । जिल्ला प्रशासन कार्यालयले आज एक सूचना प्रकाशित गरी सतर्कता अपनाउन आग्रह समेत गरेको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईद्वारा जारी सूचनामा विभिन्न स्थानमा नदी कटान, डुवान, बाढी र पहिरोको उच्च जोखिम रहेकाले त्यस्ता बस्तीहरुमा सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

सूचनामा भनिएको छ “जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी एक/दुई दिनसम्म अझै पानी परिरहन सक्ने देखिएकोले नारायणी, राप्ती र अन्य साना खोलाहरुमा पानीको सतह बढ्ने छ । सोहि पानी सतह बढेसँगै नदी खोला आसपासका क्षेत्र प्रभावित हुन सक्ने सूचनामा जनाईएको छ ।