Logo

मेघनाथ पहाडी

जेष्ठ १६, २०७८ आईतबार

मुख्य सचेतक निरौलाद्वारा टोखा चंडेश्वरी प्रदेश अस्पताललाई स्वास्थ्य सामाग्री सहयोग


काठमाडौं । नेकपा एमाले बागमती प्रदेश संसदीय दलका मुख्य सचेतक दीपक निरौलाले टोखा चंडेश्वरी प्रदेश अस्पताललाई स्वास्थ्य सामाग्री सहयोग गरेका छन् ।

काठमाडौं जिल्लाको टोखा नगरपालिकामा प्राथमिक स्वास्थ्य चौकीबाट बागमती प्रदेशको प्रदेश अस्पतालका रुपमा विकास गरिएको उक्त अस्पताललाई ४० लिटर स्यानीटाइजर, ४ हजार मास्क, १२५ थान एन्टीजेन परिक्षण किट र ४ वटा अक्सोमिटर प्रदान गरिएको थियो ।

स्वास्थ्य सामग्री वितरण कार्यक्रममा बागमती प्रदेश सभा सदस्य निरौला सहित टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारी, उपप्रमुख ज्ञानमाया डंगोल, टोखा-७ का वडाध्यक्ष नरोत्तम राना, नगर स्वास्थ्य महाशाखा प्रमुख रनलाल कुलाल, अस्पतालका स्वास्थ्यकर्मी लगायतको उपस्थिति रहेको थियो ।