Logo

बागमती पेज

जेष्ठ १७, २०७८ सोमबार

नागार्जुनमा हाल सम्म ८५० जनाले जिते कोरोना, ज्यान गुमाउनेको संख्या ३७ पुग्यो


काठमाडौं । नागार्जुन नगरपालिकामा २०७८ जेठ १६ गते सम्म २४२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा १३४० जना पुरुष र १०८० जना महिला रहेका छन् ।

नगरपालिका स्वास्थ्य शाखाकी लता महतका अनुसार हाल सम्म कुल संक्रमित मध्ये ८५० जनाले कोरोना जितेका छन् । नगरपालिका भित्रका ३७ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् ।

त्यसैगरि हालसम्म नगरपालिका भित्र १४९५ जना होम आइसोलेसनमा रहेका छन् भने अस्पतालमा ३८ जना रहेको जानकारी गराईएको छ । हालसम्म नगरपालिकामा सक्रिय संक्रमितको संख्या १५३३ जना रहेको समेत उल्लेख गरिएको छ ।