Logo

मेघनाथ पहाडी

जेष्ठ १७, २०७८ सोमबार

नागार्जुनमा आइसोलेशन संचालन : नगरद्वारा स्वास्थ्य सामग्री सहयोग


काठमाडौं । काठमाडौंमा रहेको नागार्जुन नगरपालिकामा २६४ बेडको आइसोलेशन संचालनमा ल्याइएको छ । सोमबार एक कार्यक्रम गर्दै नगर प्रमुख मोहन बस्नेत, उप-प्रमुख सुशीला अधिकारी, नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य तथा युवा नेता प्रदीप पौडेल, कार्यपालिका सदस्यहरु, विभिन्न वडाका जनप्रतिनिधि लगायतको उपस्थितमा २६४ बेडको आइसोलेशनमा अवश्यक पर्ने स्वास्थ्य समाग्री वितरण गरिएको हो ।

नगरले आफ्नो लगानीमा ५० बेड र सहरी विकास मन्त्रालय मार्फत सर्बाङगिण अस्पतालको सहयोगमा २१४ बेड गरि जम्मा २६४ बेडको आइसोलेशन संचालनमा ल्याइएको नगर प्रमुख मोहन बस्नेतले बागमती पेजलाई जानकारी दिएका छन् ।

नेपाल चार्टर एकाउन्ट संस्थाको सहयोग तथा युवा नेता प्रदीप पौडेलको विशेष पहलमा १०० बेडमा अक्सिजन उपलब्ध गराइएको उप-प्रमुख सुशीला अधिकारीले जनाएकी छन् ।

नगर प्रमुख मोहन बस्नेतले सबैको साथ र सहयोगमा हमीले यो आइसोलेशन संचालनमा ल्याउन सफल भएको जानकारी गराएका छन् । सर्बाङगिण अस्पतालको विशेष सहयोगमा आइसुलेशन तयार पारिएको हो । नगर प्रमुख बस्नेतले भने, दु:खको समयमा सबै नेपालीले एक आपसलाई सहयोग गर्दा सबैकाम सजिलै गर्न सकिने बताए । नगरवासीको लागी ५० लाख खोप किन्न नगरले तयारी गरेको समेत उनले जनाए ।

नगर प्रमुख बस्नेतले कोभिडका बिमारीलाई यस आइसोलेशनबाट पुर्ण रूपमा रोग निको पारेर पठाउन सक्दो पहल गर्ने धारणा व्यक्त गरे ।

त्यसैगरी उप-प्रमुख सुशीला अधिकारी नेपालमा दोस्रो लहरको कोभिड शुरु हुँदा देखी नै स्थानीय तहको महत्त्वपुर्ण भुमिका रहेको बताइन् । उनले भनिन् यो आइसोलेशनमा नगरका ५० जनालाइ विशेष प्रथामिकता दिईएको छ भने बाकी बेडमा देशभरबाट समस्यामा परेकालाई सुबिधा दिने भएका छौं । पहिला पनि ३० बेडको आइसोलेशन सेवा दिदा सबै प्रकारका सेवा सुबिधा नगरले उपलब्ध गराएको थियो ।

नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य तथा युवा नेता प्रदीप पौडेलले कोभिडका बिमारी बस्न सुविधा सम्पन्न आइसोलेशन संचालन गर्न सफल भएकोमा खुशी व्यक्त गरे । उनले नागार्जुन नगरपालिकाको यो एउटा सानो काम भएपनि निकै महत्त्वपूर्ण र आम जनमानसको लागी आवश्यक रहेको धारणा व्यक्त गरे ।

१०० बेडमा आइसीयु सहितको सेवा रहेको भन्दै कोभिडका बिमारीलाई सबै किसिमका सेवा उपलब्ध गराउन नगर तयार रहेको समेत जानकारी गरेका थिए । उक्त आइसोलेशनमा बिमारीको लागि गुणस्तरीय स्वास्थसेवा सहितको सुविधा रहेको समेत युवा नेता पौडेलले दाबी गरे ।

नागार्जुन -१ का वडाध्यक्ष रामचन्द्र लामाले युवा नेता प्रदीप पौडेलले आफ्नो तर्फबाट धेरै सहयोग गरेको बताएका छन् । दोस्रो लहरको कोरोना नियन्त्रण गर्न आफुले विभिन्न ढंगले सहयोग गरेको बताउदै उनले हाल २६४ बेडको आइसोलेशन संचालन गरिएको र आवश्यक परे ३०० वेड सम्मको क्षमता धान्न सक्ने गरी तयारी गरेको जानकारी दिए । वडा र आफ्नो तर्फबाट सक्दो सहयोग गर्न पहल गर्ने प्रतिबद्धता समेत जनएका छन् ।