Logo

बागमती पेज

जेष्ठ १९, २०७८ बुधबार

कोभिड संक्रमितको लास व्यवस्थापनको लागि सहयोग


सिन्धुली । सिन्धुलीको गड्यौलीमा रहेको स्वर्गद्वारी घाट व्यवस्थापन समितिलाई कोभिड संक्रमितको लास व्यवस्थापनको लागि सहयोग गरिएको छ ।

सामुहिक सरोकार समाज सिन्धुलीको सहयोगमा र कमलामाई नगरपालिकाको समन्वयमा नगर प्रमुख खड्ग खत्रीले समितिका सचिव छविलाल श्रेष्ठलाई पानि तान्ने पम्प, सरसफाई गर्ने आवश्यक सामाग्रीहरु हस्तान्तरण गरेको संस्थाका अध्यक्ष नवराज पहाडीले बागमती पेजलाई जनाएका छन् ।

समाग्री हस्तान्तरण गर्दै नगर प्रमुख खत्रीले भने, कोभिड संक्रमितको लास व्यवस्थापन एक चुनौतीको विषय रहेको बताउँदै ध्यान दिएर काम गर्न अनुरोध गरेका थिए । स्वर्गद्वारी घाट तथा लास व्यवस्थापनको लागि थप केही समानहरु चाहिएमा नगरले आवश्यक सहयोग गर्ने प्रतिवद्धता समेत उनले जनाएका छन् ।

संस्थाका अध्यक्ष नवराज पहाडीले सामुहिक सरोकार समाज सिन्धुलीले विगत देखि नै विभिन्न सामाजिक कार्य आएको जानकारी गराउँदै आगामी दिनमा पनि यस्ता कार्यलाई निरन्तरता दिने बताए ।