Logo

बागमती पेज

जेष्ठ २०, २०७८ बिहीबार

बूढानीलकण्ठबाट सामाखुसी जाँदै गरेको कार नारायणगोपाल चोकमा दुर्घटना


काठमाडौँ । काठमाडौंको महाराजगन्जमा रहेको नारायणगोपाल चोकमा कार दुर्घटनामा परेको छ ।

बूढानीलकण्ठबाट सामाखुसी जाँदै गरेको बा१८च५०४३ नम्बरको कार चोकमा रहेको नारायणगोपालको सालिकमा ठोक्किएर दुर्घटना भएको हो ।

प्रत्यक्षदर्शीका अनुसार दुर्घटनामा मानवीय क्षति भने भएको छैन । कारमा चारजना सवार थिए । दुर्घटनामा परी कारमा भने क्षति भएको छ । मादक पदार्थ सेवन गरी कार चलाएकाले दुर्घटना भएको बताइएको छ । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।