Logo


छड्ग-छड्ग गरि बग्दछ सधै तमोर सलल
तमोर सँग कावेली पनि मिसिने रहर !
दुइटा आत्मा एउटै भइ दौडन्छ तीव्रले
समुन्द्र सम्म पुग्नुछ चाँडै हुदैन अल्मल्ले !!

हिमाल देखि उर्लेका दुवै महत्व ठूलोछ
यिन्लाइ मात्र प्रयोग गरे जिल्लाको भलोछ !
सिचाइं अनि विजुली पनि अथाह निस्कन्छ
गरौन जोड सफल पार्न जिल्लानै बल्दछ !!

ज्योतिहो नदी निकाले बत्ती झलल बल्दछ
तमोर अनि कावेली पनि त्योआस गर्दछ !
नगरौ ढिला योकाम गर्न कम्मर कसौन
हातमा हात मिलाइ अब एक्भइ जुटौन !!