Logo

बागमती पेज

जेष्ठ २७, २०७८ बिहीबार

वडाध्यक्ष न्यौपानेद्वारा व्यक्तिगत खर्चमा स्वास्थ्य सामाग्री सहयोग


काठमाडौं । ओखलढुंगाको खिजीदेम्बा गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष कमलप्रसाद न्यौपानेले व्यक्तिगत खर्चमा गाउँपालिकाका सबै वडामा स्वास्थ्य सामाग्री सहयोग गरेका छन् । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि वडाअध्यक्ष न्यौपानेले सबै वडाका स्वास्थ्य संस्था मार्फत मास्क, पल्स अक्सिमिटर सहितका सामाग्री उपलब्ध गराएका हुन् ।

खिजीदेम्बा गाउँपालिकाका ९ वटै वडाका स्वास्थ्य चौकी, स्वास्थ्य इकाई, पालिका स्तरीय कोभिड अस्पताल, ग्रामिण आँखा सेवा केन्द्र १-१ थान पल्स अक्सिमिटर र प्रत्येक वडामा एक हजारका दरले मास्क, खिजीकातीमा थप एक हजार मास्क र १५ लिटर सेनिटाइजर वडाअध्यक्ष न्यौपानेले व्यक्तिगत खर्चमा खरिद गरेर सहयोग गरेका छन् ।

विश्वभर महामारीको रुप लिएर फैलिएको कोरोना संक्रमणबाट खिजीदेम्बामा कसैले क्षति व्यहोर्न नपरोस् भन्ने उद्देश्यले सबै वडामा सकेको सहयोग गरेको न्यौपानेले बताए । ‘म जिम्मेवारीका हिसाबले वडा नम्बर ४ को मात्रै वडाअध्यक्ष हो । तर मलाई सिंगो खिजीदेम्बाका नागरिकको जीवनरक्षाका लागि योगदान गर्नुपर्छ भन्ने लागेर सकेको सहयोग सबै वडामा गरेँ ।

 

यो महामारीका बेला जहाँबाट जस्ले जति सकिन्छ त्यति गाउँठाउँका लागि गर्ने हो ।’ उनले भने, ‘यो महामारीको बेला घरघरमा पुगेर नागरिकमाझ सहयोगका सामान लैजाने अवस्था भएन ।

त्यसैले स्वास्थ्य संस्था मार्फत आवश्यक परेका नागरिकहरुलाई पुग्नेगरी मास्क र गाउँमै लक्षण देखिएका वा संक्रमणले सिकिस्त भएकाहरुको अक्सिजन लेभल पत्ता लगाएर थप उपचारका लागि पहल गर्न सजिलो होस् भनेर सबैवडामा अक्सिमिटर पु¥याएको छु ।’ खिजीदेम्बाका नागरिकलाई संक्रमणबाट बचाउन आवश्यक सचेतना र सहयोगका थप कार्यक्रमहरु ल्याउन विभिन्न निकायसँग पहल भईरहेको उनले बताए ।

नेकपा एमालेका नेता समेत रहेका वडाअध्यक्ष न्यौपानेले व्यक्तिगत खर्चमा गतवर्ष गाउँका सबै महिला स्वास्थ्य स्वयं सेविकाको कोरोना बीमा गरिदिएका थिए । भने स्थानीय गर्भवती महिलाहरुलाई पोषिलो खानेकुरा वितरण गरेका थिए । खिजीदेम्बा गाउँपालिकामा यसवर्ष यसअघि कुनै निकायले स्वास्थ्य सामाग्री वितरण गरेका छैनन् ।

बजनताको दुःख सुखमा न्यौपानेले साथ दिएको भुसिङ्गाका छत्र बस्नेतले बताए । ‘उहाँ ४ नंम्बरको वडा अध्यक्ष हो तर खिजीदेम्बा गाउँपालिका भित्रका सबै नागरिको जीवन रक्षा र पालिकाभित्रको विकासमा पहिल्यै देखि अग्रणी भूमिका खेलिरहनु भएको छ ।’ बस्नेतले भने ।