Logo

बागमती पेज

जेष्ठ २९, २०७८ शनिबार

प्रधानमन्त्री केपी शर्मा ओलीलाई हत्या गर्ने धम्की !


प्रधानमन्त्री केपी शर्मा ओलीको हत्या गर्न आफू तयार रहेको नेपाली कांग्रेसका बाग्मती प्रदेशका सांसद नरोत्तम वैद्यले बताएका छन् । बाग्मती प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि छलफल क्रममा शुक्रबार भाग लिँदै कांग्रेस सांसद वैद्यले ओलीको हत्याका लागि आफू नाथुराम गोड्से बन्न तयार रहेको बताएका हुन् ।

कांग्रेस सांसदको सो अराजकतापूर्ण अभिव्यक्तिको सर्वत्र निन्दा भइरहेको छ । प्रधानमन्त्रीको हत्या गर्न तयार रहेको अभिव्यक्ति दिने सांसद वैद्यलाई यतिबेला तुरुन्त पक्राउ गरी आवश्यक कारबाही थाल्नसमेत देशव्यापी माग भएको छ ।

वैद्यले महात्मा गान्धीको उदाहारण दिँदै केपी ओलीका लागि आफू नाथुराम गोट्से बन्न तयार रहेको अभिव्यक्ति दिएपछि उनी विवादमा तानिएका हुन् ।