Logo

बागमती पेज

जेष्ठ २९, २०७८ शनिबार

शक्ति समूहद्वारा कागेश्वरीको मुलपानी नगर अस्पताललाई स्वास्थ्य सामाग्री सहयोग


काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका स्थित मुलपानी नगर अस्पताललाई शक्ति समूहले स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।

कागेश्वरी मनोहरा -६ मा संचालनमा रहेको नगर अस्पताललाई वडा नं. ५ मा रहेको शक्ति समूहका प्रतिनिधिले शुक्रबार नगर प्रमुख कृष्णहरि थापालाई सोही स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन् ।

शक्ति समूहले मास्क ग्लोब्स सेनिटाईजर पीपीइ, थर्मोमिटर, अक्सिमिटर, लगायतका स्वास्थ्य सामाग्री प्रदान गरेको हो ।

नेपालमा नयाँ भेरियन्ट सहितको कोरोना संक्रमण देखिएसँगै संक्रमितको उपचारमा सहज होस् भनेर स्वास्थ्य सामग्री प्रदान गरेको संस्थाले जनाएको छ ।

सामग्री बुझ्दै नगर प्रमुख कृष्णहरि थापाले कोरोनाको विषम परिस्थितिमा गरेको सहयोगको लागि धन्यवाद दिएका थिए । उनले प्राप्त स्वास्थ्य सामाग्री कोरोना रोकथाम, नियन्त्रणका साथै संक्रमितको उपचारमा थप सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।