Logo

बागमती पेज

जेष्ठ २९, २०७८ शनिबार

साथी संस्थाले गर्यो नागार्जुन नगरपालिकालाई स्वास्थ्य सामाग्री सहयोग


काठमाडौं, साथी संस्था र मिसन स्माइल नेपालले नागार्जुन नगरपालिकालाई स्वास्थ्य सामग्री सहयोग गरेका छन् । नागार्जुन नगरपालिकामा विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना रोकथाम नियन्त्रण तथा संक्रमितको उपचारको लागि शुक्रबार स्वास्थ्य सामाग्री नगर उप प्रमुख सुशिला अधिकारीलाइ प्रदान गरिएको हो।

उक्त संस्थाले नागार्जुन नगरपालिकालाई के एन मास्क ५० थान, सर्जिकल मास्क २ हजार थान, गाउँ २५ थान ग्लोब्स सय जोर तथा फेस शिल्ड १० पिस प्रदान गरेको नगरपालिकाले जानकारी गराएको छ।