Logo

बागमती पेज

जेष्ठ ३०, २०७८ आईतबार

गोकर्णेश्वर नगरपालिकास्थित खहरे कुवाको पुनःनिर्माण सम्पन्न


गोकर्णेश्वर नगरपालिकाको वडा नं. ३ मिलनचोकस्थित खहरे मार्गको खहरे कुवाको पुनःनिर्माण सम्पन्न भएको छ । उक्त खहरे कुवाको पुनःनिर्माणको लागि करिब ५ लाख रुपैयाँ लागेको नगरपालिकाले जानकारी दिएको छ ।

शनिबार एक कार्यक्रमका बीच ऊक्त पुनर्निर्मित कुवाको वडा अध्यक्ष रमेश अर्याल उद्घाटन गरेका हुन उक्त कार्यक्रममा वडा सदस्य नवराज लामाले मिलनचोक टोल सुधार समितिका अध्यक्ष डी एन सिवाकोटी खहरे कुवाको पुनर्निर्माण समितिका अध्यक्ष दुर्गानाथ सिवाकोटी सचिव द्रोण प्रसाद चौलागाई ,लगायत स्थानीयको उपस्थिति रहेको थियो ।

उद्घाटन कार्यक्रममा बोल्दै वडा अध्यक्ष रमेश अर्यालले अस्तित्व नै मेटिसकेका पुरातात्त्विक सम्पदाको संरक्षण गर्नु सबैको दायित्व भएको बताएका थिए ।