Logo

बागमती पेज

जेष्ठ ३०, २०७८ आईतबार

नागार्जुन नगरपालिकालाई स्वास्थ्य सामग्री सहयोग


काठमाडौं । मिसन स्माइल नेपाल र साथी संस्थाले नागार्जुन नगरपालिकालाई स्वास्थ्य सामग्री सहयोग गरेका छन् ।

मिसन स्माईल नेपालकी अध्यक्ष जस्मिन ओझाका अनुसार विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाईरसको रोकथाम, नियन्त्रण तथा संक्रमितको उपचारको लागि नागार्जुन नगरपालिकाउप प्रमुख सुशिला अधिकारीलाईस्वास्थ्य सामाग्री प्रदान गरिएको हो ।

उक्त संस्थाले नागार्जुन नगरपालिकालाई के एन मास्क ५० थान, सर्जिकल मास्क २ हजार थान, गाउँ २५ थान ग्लोब्स सय जोर तथा फेस शिल्ड १० पिस प्रदान गरेको नगरपालिकाले जानकारी गराएको छ ।

स्वास्थ्य सामाग्री सहयोग गरेकोमा मिसन स्माइल नेपाल र साथी संस्था लगायतको टिमलाई उपप्रमुख शुसिला अधिकारीले धन्यवाद व्यक्त गरिन् । उनले जनता समस्यामा परेको समयमा सहयोग गरिएको स्वास्थ्य सामाग्री नगरले सही ढंगले सदुपयोग गर्ने प्रतिवद्धता जनाईन् ।