Logo

बागमती पेज

असार ५, २०७८ शनिबार

गएराति मेलम्ची क्षेत्रमा फेरि ठूलो बाढी, हेलम्बुको प्रहरी कार्यालय भवन नै बगायो


काठमाडौँ । हिजोराति सिन्धुपाल्चोकको मेलम्ची खोलामा फेरि बाढी आएको छ ।

गएराति आएको बाढीले हेलम्बु गाउँपालिका–२ को वडा कार्यालय‚ ईलाका प्रहरी कार्यालयको भवन, विद्यालयको भवन बगाएको जानकारी प्राप्त छ ।

यसअघि मंगलबार आएको बाढीका कारण उक्त क्षेत्रहरु जोखिममा परेका थिए । गएराति गएको बाढीले पुर्याएको अन्य क्षतिबारे भने जानकारी आउन बाकिँ नै छ ।