Logo

बागमती पेज

असार ७, २०७८ सोमबार

समाजसेवी निमा लामाद्वारा मेलम्चीमा राहत वितरण


सिन्धुपाल्चोक । समाजसेवी निमा लामा पाख्रिनले मेलम्चीका बाढी पीडितहरुलाई राहत वितरण गरेका छन् ।

समाजसेवी पाख्रिनले सिन्धुपाल्चोकको मेलम्चीमा बाढीका कारण घरवार गुमाएका ३२ घर परिवारका लागि राहत वितरण गरेका हुन् । विगत देखिनै सामाजिक कार्यमा सक्रिय रहेका पाख्रिनले व्यक्तिगत सहयोगमा १ लाख बराबरको राहत सामाग्री वितरण गरेको जानकारी दिएका छन् ।

बाढी पीडित सुभद्रा खड्काले भनिन्, “हामीलाई आज सम्म कसैले केही राहात सामग्री दिएनन्, गाडीका गाडी सामान यही बाटो भएर लिएर जान्छन् तर हामी कसैले केही पाएका थिएनौं । आज हामीले पाउँदा निकै खुशी लागेको छ ।”

समाजसेवी पाख्रिनले स्थानीय बाढी पीडितहरुको आवश्यक्ता अनुसारका व्यक्तिगत खर्चमा चामल, दाल, नुन, तेल, चाउचाउ, मास्क लगायतका सामग्रीहरु सहयोग गरेका थिए ।