Logo

बागमती पेज

असार ११, २०७८ शुक्रबार

काठमाडौं खेलकुद समाजको अभियानलाई एनएमबी बैंकको साथ


काठमाडौं । खेलकुदको क्षेत्रमा सक्रिय काठमाडौं खेलकुद समाजले सञ्चालन गरिरहेको कोरोना संक्रमण विरुद्धको अभियानलाई एनएमबी बैकले साथ दिएको छ ।

समाजले सञ्चालन गरेका अभियान मार्फत काठमाडौं भित्र बसोबास गर्ने राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीहरु, प्रशिक्षक, निणर्ायक तथा खेलकर्मीहरु मध्ये कोभिड संक्रमित भई बसेकाहरुको निःशुल्क पिसिआर परिक्षण, डाक्टर सहितको सेवा र अत्यावश्यक परेकाहरुलाई पौष्टिक तत्व समेत आर्थिक सहयोग गर्ने कार्यहरु गर्दे आइरहेको छ ।

समाजले खेलसम्बद्ध व्यक्ति बाहेक अन्यन्त न्युन आय भएका बृद्धबृद्धाहरुलाई निःशुल्क औषधी वितरण तथा विभिन्न स्थानका स्वास्थकर्मीहरुलाई स्वास्थ समाग्री कोभिड किट समेत वितरण गर्दे आइरहेको छ । यस अभियानको सफलताका लागि बैकले करिब ७० हजार बराबरको पौष्टिक आहार एवम औषधी प्रदान गरेको हो ।

देशको प्रतिष्ठाका लागि समर्पित रहने खेलाडी तथा खेलकर्मीको लागि सहयोग गर्ने अभियान कोभिड संक्रमण न्युन भएकोबेला समेत निरन्तर चल्ने समाजका अध्यक्ष बद्रि भट्टराईले बताएका छन् । समाजको यस अभियानमा लोकतान्त्रीक खेलकुद संघ बागमती प्रदेशले विशेष सहयोग गरिरहेका छ ।