Logo

बागमती पेज

असार १२, २०७८ शनिबार

भरतपुर महानगरले ल्यायो युवा तथा खेलकुदको क्षेत्रमा ३ करोड बजेट


चितवन । भरतपुर महानगरपालिकाले युवा तथा खेलकुदको क्षेत्रमा ३ करोड बजेट विनियोजन गरेको जनाईएको  छ । नवौँ नगरसभा मार्फत महानगरपालिकाले युवा तथा खेलकुद क्षेत्रलाई प्राथमिकतामा राखेको बताईएको हो ।

युवामा स्ंवमसेवी भावना बढाउने कार्यक्रम तथा विपद् व्यवस्थापनमा योगदान, सामाजिक सुधारका कार्यमा परिचालन गर्न युवा स्वंयसेवा कार्यक्रम संचालन गर्ने, विद्यालय तहदेखि नै खेल प्रतिभा प्रस्फुटनको वातावरण निर्माण गर्न विद्यालयलाई खेल सामग्री उपलब्ध गराउने, राष्ट्रिय तथा नगरस्तरीय खेल प्रतियोगिता संचालनका लागि प्रोत्साहन गर्नेगरी बजेट विनियोजन गरिएको महानगरपालिकाकी उपप्रमुख पार्वती शाह ठकुरिले बताईन् ।

युवा तथा खेलकुद अन्तरगत महानगरपालिकाकी मेयर रेणु दाहालले युवाहरुलाई स्वरोजगार बनाउनुको साथै खेलकुदमा प्रोत्साहन गर्नका लागि प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको भनिन् । महानगरले यस क्षेत्र अन्तरगत कोभिड-१९ कारण सिर्जना हुने बेरोजगारीलाई कम गर्न तथा युवा उद्यमशिलता प्रवद्र्धनका लागि युवा उद्यम कोष स्थापना गरी नेपाल सरकारद्धारा जारी सहुलियतपूणर् कर्जामा ब्याज अनुदान सम्बन्धी कार्यविधि बमोजिम बैंकबाट कर्जा लिने महानगरका युवाहरुलई कार्यविधि निर्माण गरी लाग्ने ब्याज अनुदान उपलब्ध गराउने बताईन् ।

निजी क्षेत्रसंगको सहकार्यमा युवाहरुलाई स्टार्ट अफ तालीम प्रदान गरी उद्यमी युवा तयार पारिने उल्लेख छ । युवामा स्वंयसेवी भावना बढाउन, सामाजिक जिम्मेवारी बोध गरि, विपद् व्यवस्थापनमा योगदान गर्न तथा सामाजिक सुधारका कार्यमा परिचालन गर्न युवा स्वंयसेवा कार्यक्रम सञ्चालहुने छ । नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, नेपाल रेडक्रस सोसाइटी र नेपाल स्काउट जस्ता संस्थाहरुसंगको समन्वयमा युवाहरुलाई विपद् व्यवस्थापन तथा स्वंयसेवा सम्बन्धी तालीम दिई परिचालन गर्ने व्यवस्था मिलाईने छ ।

युथ पार्लियोमेन्टको अभ्यासलगायतका कार्यक्रम मार्फत नगर युवा सञ्जाल तथा वडा युवा क्लबमा आबद्ध युवाको नेतृत्व विकासमा जोड दिइनुको साथै युवा प्रतिभा प्रदर्शनका अवसर प्रदान गरिने महानगरले बताएको छ। त्यस्तै श्रमको संस्कृति विकास गर्न कृषि, पशुपालन तथा स्थानीय कच्चा पदार्थमा आधारित उद्यमी तथा स्वरोजगार युवालाई सम्मान र प्रोत्साहन गरिन  छ ।भने खेलकुदतर्फ विद्यालय तहदेखि नै खेल प्रतिभा प्रस्फुटनको वातावरण निर्माण गर्न विद्यालयलाई खेल सामग्री उपलब्ध गराउनुका साथै राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी र विद्यालयलाई पुरस्कृति गरिने जनईएको छ । एक वडा एक खेल मैदान वा एक विद्यालय एक खेल मैदान विकास कार्यक्रमलाई निरन्तरता दिँदै विद्यालयका खेल मैदानलाई स्तरोन्नती गर्दै लैजाने महानगरले बताएको छ ।

महानगरले राष्ट्रिय तथा नगरस्तरीय खेल प्रतियोगिता संचालनका लागि प्रोत्साहन गर्ने कार्यलाई निरन्तरता रुपमा लैजान छ साथै अन्तर्राष्ट्रिय, राष्ट्रिय, प्रदेशस्तरीय खेलमा पदक जित्ने महानगरका खेलाडीहरुलाई पुरस्कृत गरभएको  छ । त्यसैगरी महानगरले यो साल खेलकुद क्षेत्रलाई विकास गर्न आवश्यक कानुन निर्माण गरी नगर खेलकुद विकास समिति गठन गरिने भएको छ । जसमा महानगरपालिका भित्र साहित्य, कला र संस्कृतिको अध्ययन, अनुसन्धान, संरक्षण, संवर्धन कार्यका लागि समिति गठन हाल समम नभएकोले यो कार्य अगाडि बढाउने बताएको छ ।