Logo

बागमती पेज

असार १६, २०७८ बुधबार

नगरसभामा पत्रकारलाई रोक: पत्रकार महासंघको ध्यानाकर्षण


चितवन । नेपाल पत्रकार महासंघ चितवन शाखाले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित बनाउने र नियन्त्रित गर्ने कार्य स्वीकार्य नभएको बिज्ञप्ति लामाे समय पछि निकालेकाे छ।

महासंघका अध्यक्ष नारायण अधिकारीले मंगलबार एक विज्ञप्ती जारी गरी पत्रकारको सूचनामा सहज पहुँचका लागि उपयुक्त वातावरण बनाउन माग गरे । वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको सभाहलमा भरतपुर महानगरपालिकाकाे असार १० आयोजित नगरसभामा समाचार संकलन गर्न पुगेका चितवन पोष्टकर्मी कुल प्रसाद काफ्लेलाई महानगरका प्रेस सल्लाहकार सुरेशचन्द्र अधिकारीले प्रवेशमा रोक लगाएका थिए ।

संवाददाता काफ्लेलाई रोक लगाए लगतै चितवन पोष्ट दैनिकले सोहि दिन महासंघको गम्भिर ध्यानाकर्षण गराई बिज्ञप्ति निकालेकाे थियो । साे घटनाप्रति गम्भिर ध्यानाकर्षण पुगेको महासंघले बताएको छ । पत्रकारिताको मर्म र भावना विरुद्ध हुने जुनसुकै कार्यमा महासंघले विरोध गर्ने विज्ञप्तीमा भनिएको छ ।