Logo

बागमती पेज

असार १७, २०७८ बिहीबार

बागमती प्रदेशसभा : बजेट माथिको छलफल भोलिसम्मको लागि स्थगित


बागमती प्रदेशसभाको बैठक भोली मध्यान्ह १२ बजेसम्मका लागि रोकिएकोक छ । आगामी आर्थिक वर्ष २०७८र०७९ को बजेट माथि छलफलका लागि आज अपराह्न ४ बजे बसेको बैठकमा प्रदेशसभाका ११ जना सदस्यहरुले भाग लिएका छन् । बैठकमा नेपाली सत्तापक्ष दल नेकपा एमालेका ६ जना, प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका १ जना, नेपाली काँग्रेसका २ जना, नेमकिपाका १ र विवेकशील साझा पार्टीका १ जना सांसदले बजेट माथिको छलफलमा आफ्नो धारण राखेका थिए ।

त्यस्तै सत्तापक्ष नेकपा एमालेका सदस्यहरुले सरकारले सन्तुलित र स्वागत बजेट ल्याएको बताएका छन् । उनीहरुले सरकारले कोरोना माहामारी, विपद् व्यवस्थापन, उत्पादन, स्वास्थ्य, शिक्षा तथा रोजगारीलाई प्राथमिकताको क्षेत्रमा राखेर बजेट प्रस्तुत गरेको बताएका छन् ।

बैठकमा प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री केशवराज पाण्डेले प्रदेशको वर्तमान अवस्था, विपद् व्यवस्थापन र प्रदेश सरकारले गरेका कामको बारेमा संसद्लाई जानकारी गराएका थिए । उक्त बैठकमा ३ वटा विधेयकसमेत पेश भएको छ । प्रदेशसभा सचिवालयमा दर्ता भएको उच्च शिक्षासम्बन्धी विधेयक, प्रदेश पर्यटन सम्बन्धी विधेयक र प्रदेश सार्वजनिक सडक तथा पारवहन सम्बन्धी विधेयक पेश भएको हो ।