Logo

बागमती पेज

असार २०, २०७८ आईतबार

टिपरको ठक्करबाट टोखा नगरपालिकामा दुई जनाको मृत्यु


टिपरको ठक्करबाट टोखा नगरपालिकामा दुई जनाको ज्यान गएको छ भने एक जना घाइते भएका छन् ।

गए राति पौने ११ बजे बा २ क ३४६६ नम्बरको टिपरको ठक्करबाट प्रदेश ३–०२–०१० प ७२२१ नम्बरको मोटरसाइकलका चालक नुवाकोटको बेलकोट नगरपालिका–६ का २६ वर्षका सन्तोष अधिकारी र मोटरसाइकलको पछाडि बस्ने त्यही ठाउँका २२ वर्षका दिपेश थापाको घटनास्थलमा नै ज्यान गएको प्रहरीले जनाएको छ ।

मोटरसाइकलकै पछाडि बस्ने ३० वर्षका सागर खतिवडा भने घाइते भएका छन् र उनको शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको प्रहरीले जनाएको छ । मोटरसाइकलमा तीन जना सवार थिए । टिपर चालकलाई प्रहरीले पक्राउ गरेको छ ।