Logo

बागमती पेज

असार २३, २०७८ बुधबार

सिन्धुपाल्चोकका बाढी प्रभावित पालिकाहरुलाई शंखरापुर नगरपालिकाको आर्थिक सहयोग


बाढी प्रभावित मेलम्ची नगरपालिका, पाँचपोखरी थाङ्पाल गाउँपालिका र हेलम्बु गाउँपालिकालाई शंखरापुर नगरपालिकाले आर्थिक सहयोग प्रदान गरेको छ ।

शंखरापुर नगरपालिकाका प्रमुख सुवर्ण श्रेष्ठ र उपप्रमुख शुक्रलक्ष्मी श्रेष्ठले मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्याल र पाँचपोखरी थाङ्पाल गाउँपालिकाका अध्यक्ष टासी लामा हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पालाई पाँच लाख हस्तान्तरण गरिएको छ ।

मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्यालले सबैको सहयोग, सद्भावले मात्र मेलम्ची उठ्न सम्भव हुने बताएका थिए भने पाँचपोखरी थाङ्पाल गाउँपालिकाका अध्यक्ष टासी लामाले सयभन्दा बढी घर विस्थापित हुने अवस्थामा पुगेको जानकारी दिएका थिए ।