Logo

बागमती पेज

असार २६, २०७८ शनिबार

शिक्षामन्त्री कृष्ण गोपाल श्रेष्ठको हातबाट कीर्तिपुर नगरपालिका र चन्द्रागिरि नगरपालिका जोड्ने पुल उद्घाटन


किर्तिपुर नगरपालिका र चन्द्रागिरि नगरपालिका जोड्ने दीखु पुलको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्ण गोपाल श्रेष्ठको हातबाट उद्घाटन भएको छ । २०७६ पुस १२ गते भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त नेम्वाङ्गले शिलान्यास गरेको सो पुलको श्रेष्ठले रिबन काटी उद्घाटन गरेका हुन्।

पुल उद्घाटन पश्चात आयोजित कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले आफू भुमिगतकालमा पार्टीको काममा खट्दा काठमाडौंको दक्षिण–पश्चिम इलाका जोड्ने प्रमुख पुलको रुपमा सो दीखु तां (पुल)को प्रयोग हुने गरेको बताएका थिए । जननेता मदन भण्डारीलाई थानकोटबाट कीर्तिपुरको कार्यक्रममा भाग लिन ल्याउँदा सोहि पुलमा बसेर काठमाडौंको उत्तरी भागमा अवस्थित रमणीय बल्खु खोलाको अवलोकन गरेको र भावी योजनाहरू बनाएको स्मरण गरेका थिए ।

स्वास्थ्य मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेका मन्त्री श्रेष्ठले नेपाल सरकारको पहिलो प्राथमिकता नै जनताको स्वास्थ्य र जनताको जीवन भएको उल्लेख गर्दै (शुक्रबार) बिहान चीनबाट ८ लाख भ्याक्सिन नेपाल आएको र एक हप्तापछि १२ लाख फेरि अर्को हप्तामा १२ लाख गरी यसै महिनामा ४० लाख भ्याक्सिन आउने त्यसैगरी अमेरिकाको जोनसन एड जोनसन भ्याक्सिन यही २८ गते १५ लाख डोज आउने बताए।