Logo

बागमती पेज

असार २७, २०७८ आईतबार

कोपा फाइनल : पहिलो हाफमा अर्जेन्टिनालाई अग्रता


एजेन्सी । कोपा अमेरिका फुटबलको फाइनलमा अहिले ब्राजिल र अर्जेन्टिनाबीच प्रतिस्पर्धा भईरहेको छ ।

माराकाना स्टेडियममा जारी खेलको पहिलो हाफ सकिदा अर्जेन्टिनाले १-० गोलको अग्रता बनाएको छ ।

खेलको २२ औं मिनेटमा एन्जल डी मारियाले गोल गर्दै अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाएका हुन् । उनले रोड्रिगोको पासमा उत्कृष्ट गोल गरे ।

बल पोसेसनमा पकड जमाएपनि ब्राजिलले पहिलो हाफमा गोल फर्काउन सकेन । आज दुबै टिम उपाधि उचाल्ने योजनामा रहेका छन् ।

ब्राजिल पेरुलाई १-० गोल अन्तरले पराजित गर्दै उपाधि नजिक पुगेको हो ।

अर्जेन्टिनाले सेमिफाइनलमा कोलम्बियालाई पेनाल्टी सुटआउटमा ३-२ ले हराएको थियो ।