Logo

बागमती पेज

असार २९, २०७८ मंगलबार

देउवाले लिए प्रधानमन्त्रीको शपथ, यी ४ मन्त्री नियुक्त, कसलाई कुन मन्त्रालय ?


काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पदको शपथ लिएका छन् ।

राष्ट्रपति कार्यालयमा आयोजित समारोहमा देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएका हुन् । देउवाले आफ्नो सरकारमा ४ जना मन्त्री नियुक्त गरेका छन् ।

जसमा बालकृष्ण खाँण गृहमन्त्री, ज्ञानेन्द्रबहादुर कार्की कानून, न्याय तथा संसदीय मामिला मन्त्री, पम्फा भुसाल ऊर्जा मन्त्री र जनार्दन शर्मा अर्थमन्त्री बनेका छन् ।

नवनियुक्त चारै मन्त्रीहरूले समेत राष्ट्रपति भण्डारीबाट शपथ लिएका छन् ।