Logo

बागमती पेज

श्रावण ७, २०७८ बिहीबार

नेपाली काँग्रेस काठमाडौं जिल्ला सभापतिमा बाैद्धिक नेता दामाेदर खड्काकाे सशक्त दावी


काठमाडौं । नेपाली कांग्रेसको चौधौं महाधिवेशनबाट काठमाडौं जिल्लाकाे सभापति बन्नका लागि जिल्लस्तारीय नेताहरुकाे प्रतिस्पर्धामा तीव्रता आएकाे छ । जिल्ला सभापतिकाे दाैडमा बुढानिलकण्ठका दामाेदर खड्का आफ्नाे चुनावी अभियानमा व्यस्त छन् । कांग्रेस महासमिति सदस्य खड्काले आगामी जिल्ला अधिवेशनमा सभापतिमा उम्मेदवारी घोषणा गरेका छन् ।

पुराना नेता तथा निष्ठा र इमान्दारिताकाे राजनीतिका लागि चिनिएका दामाेदर खड्काले जिल्ला सभापतिमा दावी गरेसँगै अन्य दावेदारहरुमा एकखाले दबाब सृजना भएकाे छ । देउवा पक्ष भनेर चिनिने खड्का वरिष्ठ अधिवक्ता हुन् । ०६२/६३ सालकाे जनआन्दाेलनताका काठमाडाैँ जिल्ला सचिव थिए । काठमाडाैँ जिल्ला सभापतिमा बाैद्धिक, निष्ठाबान एवम् याेग्य व्यक्ति ल्याउनु पर्ने माग उठिरहेकाे बेला दामाेदर खड्का दावीसँगै उनी सभापति हुने चर्चा चलेकाे छ ।

नेका काठमाडाैँ सभापतिमा दामाेदर खड्कासहित अन्य आकांक्षीहरुले समेत उम्मेदवारी घाेषणा गरेका छन् । यसरी उम्मेवारीकाे र सभापतिका लागि दावी गर्नेहरूमा हालका सभापति सबुजकृष्ण बानियाँसहित क्षेत्र नं २ का सभापति उपेन्द्र कार्की, क्षेत्र नं ४ का सभापति राजु श्रेष्ठ, हरिहर अधिकारीलगायत छन् ।

यी नामहरूमध्ये दामाेदर खड्कासहित राजु श्रेष्ठ र उपेन्द्र कार्कीलाइ देउवा समूहका नेताका रूपमा चिनिने गरिन्छ । दामाेदर खड्का तत्कालिन बेला प्रजातान्त्रिक काँग्रेसका जिल्ला सचिव रहेकाले देउवासँगकाे निकटामा अरूभन्दा उनी नै अब्बल रहेकाे बताइन्छ ।