Logo

बागमती पेज

श्रावण ७, २०७८ बिहीबार

नयाँ भेरियन्ट पुष्टि भएसँगै चितवनमा एक हप्ता निषेधाज्ञा थपियाे


चितवन । जिल्लामा नयाँ भेरियन्टसहितको कोभिड–१९ को संक्रमणको जोखिम कायम रहेको तथा डेल्टा भेरियन्ट समेत पुष्टि भएको भन्दै जिल्ला प्रशासन कार्यालय चितवनले जिल्लामा एक हप्ताका लागि निषेधाज्ञा थप गरेको हाे ।

चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेद्वारा जारी आदेशमा आज राति १२ बजेदेखि लागू हुनेभनि साउन १४ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको बताईएकाे छ।

कोरोना भाइरसको संक्रमण उच्च रहेको भन्दै चितवनमा वैशाख १६ गते राति १२ बजेदेखि निषेधाज्ञा लागू गरेकाे थियो । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी)को सिफारिसमा प्रमुख जिल्ला अधिकारीले आज आदेश जारी गर्दै जिल्लामा निषेधाज्ञा थप गरेका छ।

निषेधाज्ञाका समयमा गर्न पाउने र नपाउने विषयमा पुरानै नियमका साथै जिल्ला भित्र सार्वजनिक सवारीसाधन सञ्चालन गर्नका लागि मापदण्ड तयार बनाईएकाे छ । स्थानीय रुटमा सञ्चालन हुने सवारीसाधन जोरबिजोर नम्बरमा चल्नुपर्ने, सिट क्षमताअनुसार मात्रै यात्रु राख्नुपर्ने, सवारीसाधनलाई दैनिक निसंक्रमण गर्नुपर्ने आदेशमा दिईईकाे छ ।

क्याम्पसहरुले लिने परीक्षा तथा प्रवेश परीक्षामा पूर्णरुपमा स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने, परीक्षा सञ्चालन गर्दा एउटा कोठामा २५ जनाभन्दा बढी परीक्षार्थी राख्न नपाइने, एउटा बेन्चमा एक जना विद्यार्थीमात्रै राख्नुपर्ने, परीक्षा केन्द्र विद्यार्थीहरुको भौतिक दूरी कायम गराउनुपर्ने, तथा कोभिड संक्रमित विद्यार्थीलाई परीक्षा शुरु भएको ३० मिनेटपछि मात्रै परीक्षामा सहभागी गराउनुपर्ने र ३० मिनेटपछि मात्रै परीक्षार्थीलाई हलबाट बारिह निस्कनदिनुपर्ने आदेशमा जारी गरिएको छ ।