Logo

बागमती पेज

श्रावण २२, २०७८ शुक्रबार

बूढानीलकण्ठ नगरपालिकामा प्राविधिक रंगेहात पक्राउ


काठमाडौं । बूढानीलकण्ठ नगरपालिकामा कार्यरत प्राविधिक बिनोद पौडेल रंगेहात पक्राउ परेका छन् ।

नगरपालिका कार्यालय नजिक रहेको एक कन्सल्टेन्सीमा लेनदेन गरिरहेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पौडेलाई पक्राउ गरेको हो ।

अहिले प्राविधिक पौडेललाई होटल सब्रिनामा राखेर मुचुल्का र अनुसन्धान भैरहेको श्रोतले बताएको छ । घटनाको थप विवरण प्राप्त भएको छैन ।