Logo

बागमती पेज

श्रावण २२, २०७८ शुक्रबार

बूढानीलकण्ठ -२ को वडा कार्यालय भवन शिल्यान्यास


बूढानीलकण्ठ नगरपालिका वडा नं. २ मा वडा कार्यालय भवनको शिल्यान्यास गरिएको छ । काठमाडौं जिल्ला समन्वय समिति र बूढानीलकण्ठ नगरपालिकाको समजदारीमा उक्त भवन निर्माण गर्न लागिएको हो ।

बूढानीलकण्ठको चपली घुम्तीमा निर्माण हुन लागेको वडा कार्यालय रु दुई करोड दुई लाख तीन हजार दुई सय ८७ रुपैया १४ पैसा कुल बजेट रहेको छ । नगरपालिकाको तर्फबाट ४० प्रतिशत र जिल्ला समन्वय समितिको कोषबाट ६० प्रतिशत लागत साझेदारीमा भवन निर्माण गर्न लागिएको बूढानीलकण्ठ-२ का वडाध्यक्ष राजेन्द्र खड्काले जानकारी दिनुभयो ।

भवनको शिल्यान्यास गर्दै जिल्ला समन्वय समिति प्रमुख शिवसुन्दर राज बैद्यले जनतालाई सेवा सुविधा दिन भौतिक पुर्वाधार विकास निर्माणका कामलाई तिब्रताका साथ अगाडी बढाउनुपर्ने बतााउनुभयो । उहाँले भन्नुभयो ‘पुर्वाधार विकास भएमा मात्र नागरिकलाई सहज ढंगले सेवा प्रदान गर्न सकिन्छ त्यसकारण बूढानीलकण्ठ-२ को भवन निर्माणमा हामीले आवश्यक सहयोग गरेका हौं ।’ उहाँले निर्माण व्यवसायीलाई तोकेको समयमा काम पुरा गर्न समेत आग्रह गर्नुभएको थियो । काठमाडौंका धेरै स्थानीय तहसँग सहकार्य गरेर काम गर्दै आएको जानकारी गराउनुभएको थियो ।

बूढानीलकण्ठ नगरप्रमुख उद्धवप्रसाद खरेलले आधुनिक सुविधा सम्पन्न भवन निर्माण सम्पन्न भएपछि सेवाग्राहिलाई थप सहजहुने बताउनुभयो । भवन निर्माण कार्यलाई गुणस्तरीय बनाउन नगरपालिका तथा वडाका जनप्रतिनिधिहरुले नियमित रुपमा अनुगमन गर्न आवश्यक रहेको छ । नगर प्रमुख खरेलले नगरपालिकाको समग्र विकास र समृद्धिका लागि सिमित स्रोत र साधनले भ्याए सम्मका कामहरु गर्दै आएको जानकारी दिनुभएको थियो ।

बूढानीलकण्ठ नगरपालिका-२ का वडाध्यक्ष राजेन्द्र्र खड्काले सुविधा सम्पन्न वडाकार्यालय निर्माण पछि वडाले दिने सेवा सुविधा अझछिटो छरितो रुपमा हुने बताउनुभएको छ । निर्माण कम्पनी नागार्जुन शर्वसक्ती जेभीले निर्माण गर्न लागेको भवन २०७८ साल माघ १५ गते भित्र सम्पन्न पुरा गर्नुपर्ने मिति तोकिएको छ । त्यसभन्दा अगाडी गुणस्तरिय काम सहित भवन निर्माण सम्पन्न भएमा निर्माण कम्पनिलाई विशेष पुरष्कारको समेत व्यवस्था गरिएको वडाध्यक्ष खड्काले जानकारी गराउँनुभयो ।