Logo

बागमती पेज

श्रावण २५, २०७८ सोमबार

कपनमा दिउसै सुनको सिक्री लुट्ने पक्राउ


काठमाडौं । बूढानीलकण्ठ नगरपालिका-१० आकाशेधारामा दिउँसै एक महिलाको घाटीबाट सुनको सिक्री लुट्ने पक्राउ परेका छन् ।

साउन २५ दिउसो ३ बजेको समयमा ५७ वर्षकी एक महिलाले लगाएको सिक्री लुट्ने बर्ष २२ का अन्जित सुवेदीलाई महानगरीय प्रहरी प्रभाग कपनबाट खटीएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका वडा नं.०२ तातोपानी स्थाई घर भई हाल गोकर्णेश्वर नगरपालिका आरुबारी बस्ने २२ बर्षि अन्जित सुवेदीलाई महानगरीय प्रहरी प्रभाग कपन तथा स्थानीयहरुको सहयोगमा नियन्त्रणमा लिई थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी बृत्त बौद्ध पठाईको कपन प्रहरीले जनाएकाे छ ।