Logo

बागमती पेज

श्रावण २५, २०७८ सोमबार

साफ च्याम्पियनसिप माल्दिभ्समा हुने, नेपालले आयोजनाको अवसर पाएन


साफ च्याम्पियनसिपको १३ औं संस्करण आगामी अक्टोबर १ देखि १३ सम्म माल्दिभ्समा हुने भएको छ ।

दक्षिण एसियाली फुटबल महासंघ (साफ)को कार्यकारी समितिले नेपाल र माल्दिभ्सले प्रतियोगिता आयोजनाका लागि गरेको प्रस्तावको समीक्षापछि अन्ततः सोमबार माल्दिभ्सलाई चयन गरेको हो ।

एन्फाका महासचिव इन्द्रमान तुलाधरले कोभिड–१९ को असर नेपालमा भन्दा माल्दिभ्समा कम रहेकाले पनि आयोजकका रुपमा माल्दिभ्स चयन भएको बताए ।