Logo

बागमती पेज

श्रावण २६, २०७८ मंगलबार

कर्मचारीको तलब साउन १ गतेदेखि नै लागू हुने गरी बढ्यो


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले निजामती कर्मचारी, सुरक्षाकर्मी र शिक्षकको नयाँ तलबमान साउन १ गतेदेखि नै लागू हुने गरी स्वीकृत गर्ने निर्णय गरेको छ ।

सोमबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले नयाँ तलबमान स्वीकृत गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले बताएका छन् ।

प्रवक्ता कार्कीले भने, ‘सबै तहका निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल स्वास्थ्य सेवा, संसद सेवा, सामुदायिक विद्यालयका शिक्षक, प्रदेश तथा स्थानीय तहका कर्मचारीका लागि साउन १ गतेदेखि लागू हुने गरी नयाँ तलबमान स्वीकृत गर्ने निर्णय भएको छ ।’

यसअघि बजेटमार्फत सरकारले सबै तहका निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल स्वास्थ्य सेवा, संसद सेवा, सामुदायिक विद्यालयका शिक्षक, प्रदेश तथा स्थानीय तहका कर्मचारीका लागि मासिक २ हजार रुपैयाँ तलब बढाएको थियो ।