Logo

भवानी कार्की

श्रावण २९, २०७८ शुक्रबार

भीमेश्वरको सान ‘हात्ती छहरा’


दोलखा । दोलखाको भीमेश्वर नगरपालिकामा अवस्थित हात्ती छहरा पछिल्लो समयमा सबैको रोजाईको गन्तव्य बनेको छ । सडकबाट नजिक रहेको यो झरना निकै रमणीय छ ।

हात्ती छहरा धेरै अधि देखिको चर्चित छहराको नाम हो । तर केही समय अघि यो छहरामा जान मानिसहरु डराउथे । अहिले छहरासम्म पुग्ने बाटो विस्तार पछी आन्तरीक र बाह्य दुबै क्षेत्रको पर्यटक जान थालेका हुन् । हात्ती छहरा हेर्नलाई अहिले कुनै प्रतिबन्ध वा रोक लगाइएको छैन ।

हात्ती छहरालाई अर्को नाममा चर्णावती छहरा पनि भनिन्छ । दन्त्य कथा अनुसार काँसीको सिर मानेर यो छहरालाई काँसीको चर्णावती धाम पनि भनिन्छ । पछिल्लो समयमा यस क्षेत्रलाई उत्कृष्ट पर्यटन स्थल बनाउन र पर्यटकलाई आकर्षित बनाउन स्थानीय र प्रशासनिक निकायबाट विषेश कार्यक्रमको समेत योजना बनाएको छ ।

सदरमुकाम चरीकोटबाट एक घण्टाको सडकमार्ग र दुई घण्टाको पैदल मर्ग पछि यो झरनामा पुग्न सकिन्छ । यो दृश्य हेर्नलाई जुनसुकै सिजनमा पनि जान सकिने स्थानीय अवतार सिंह लामाले बताए ।

झरनाको संरक्षण र प्रवर्द्धनकाे लागी भीमेश्वर नगरपालिका लगाएत अन्य संघ संस्थाले यस क्षेत्रलाई चासो दिएका छन् । जिल्लाको पर्यटकीय स्थललाई विकास गरी आन्तरीक तथा बाह्य पर्यटक लाई भित्राई पर्यटन व्यवसायलाई अधि बढाउनुपर्ने देखिन्छ ।