Logo

बागमती पेज

श्रावण २९, २०७८ शुक्रबार

गाउँपालिका अध्यक्ष बलात्कार आरोपमा पक्राउ


काठमाडौं । रुपन्देहीको सम्मरीमाई गाउँपालिका अध्यक्ष जितेन्द्रनाथ शुक्ला बब्लु एक महिला बलात्कार उद्योग गरेको आरोपमा बिहीबार पक्राउ परेका छन् ।

बुधबार एक विवाहित महिलाले आफूलाई पालिका अध्यक्ष शुक्लाले जबरजस्ती करणी उद्योग गरेको आरोपमा उजुरी दिए पछि उनलाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा दिउँसो ३ बजे कार्यालय आसपासबाट ल्याइएको रुपन्देहीका प्रहरी प्रवक्ता डिएसपी सत्यनारायण थापाले जानकारी दिए ।

शुक्लामाथि थप अनुसन्धान भइरहेको उनले बताए ।