Logo

बागमती पेज

श्रावण ३१, २०७८ आईतबार

पेट्रोल पम्पमा कार्यरत सहायक निरीक्षकको कमाई एक करोड


काठमाडौं । प्रहरी सहायक निरीक्षकको वैधानिक कमाई कति होला ? कानूनले तोकेअनुसार नै हुन्छ । आम मानिसले जान्ने कुरा यही हो ।

तर प्रहरी कल्याण कोषले सञ्चालन गरेको पेट्रोलपम्पमा कार्यरत प्रहरी सहायक निरीक्षकले गैरकानूनी रूपमा रु एक करोड तीन लाख ९७ हजार ९३७ बराबरको कमाई गरेको पाइएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा दायर गरेको मुद्दाअनुसार प्रहरी कल्याण कोषमा कार्यरत प्रहरी सहायक निरीक्षक दिलीप कार्कीले बिक्री भएको तेलको वास्तविक रकम दाखिला नगरी भ्रष्टाचार गरेको पाइएको छ । पेट्रोलपम्पमा पदीय हिसाबले कार्यरत रहँदा हानि नोक्सानी गरेको सप्रमाण पुष्टि भएको आयोगका सहायक प्रवक्ता बेदप्रसाद भण्डारीले जानकारी दिए ।

आयोगले बिगो असुल गरी हदैसम्मको कारबाहीको माग गरी आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । रासस