Logo

बागमती पेज

भाद्र ४, २०७८ शुक्रबार

बागमती प्रदेश प्रमुख प्रसाई पदमुक्त


काठमाडौं । बागमती प्रदेशका प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाई पदमुक्त भएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले बागमती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईलाई पदमुक्त गरेकी हुन् ।

मन्त्रिपरिषदको बिहीबार बसेको निर्णयको आधारमा प्रधानमन्त्री शेरबहादुर देउवाले पदमुक्त गर्न सिफारिस गरेपछि प्रसाईलाई पदमुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

सरकारले बागमतीमा यादव शर्मालाई प्रदेश प्रमुख नियुक्तिका लागि सिफारिश गरेको थियो ।