Logo

बागमती पेज

भाद्र ५, २०७८ शनिबार

भिडियो खिचेर युट्यूबमा प्रसारण गर्ने तीन युट्युबर पक्राउ, तीन फरार


झापाको विर्तामोडस्थित मेची आँखा अस्पताल अगाडिको सीमाना होटलमा खाजा खाइरहेका तीन जना व्यक्तिको गोपनियता भंग हुने गरी भिडियो खिचेर युट्यूबमा प्रसारण गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

चरित्र हत्या गर्ने गरी भिडियो खिच्ने उनीहरुलाई पक्राउ गरिएको जनाइएको छ । पक्राउ पर्नेमा युट्युबर खगेन्द्र घिमिरे, होटल जंगल भ्यु चारआलीका संचालक हेमराज भट्टराई र सोही ठाउँका स्नुकर पूल संचालक सुवास कार्की रहेका छन् ।

पिडीत पक्षले घटनामा संलग्न युट्युबर भाष्कर श्रेष्ठ र खगेन्द्र घिमिरे लगायत छ जनाविरुद्ध (बिहिबार) जाहेरी दिएका थिए । प्रहरीले जाहेरी दर्ता गरे लगतै युट्युबर घिमिरे, भट्टराई र कार्कीलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) सन्तोष आर्चायले जानकारी दिए ।

पक्राउ परेकामाथि अभद्र व्यवहार सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ । साथै सो घटनामा संलग्न युट्युबर भाष्कर श्रेष्ठसहित तीन जनाको खोजी भइरहेको पनि प्रहरीले जनाएको छ ।