Logo

बागमती पेज

भाद्र ८, २०७८ मंगलबार

जेठ २ मा फर्केको एमाले बैठकमा पूर्वमाओवादी पनि सहभागी


जेठ २ को संरचनामा फर्कने भनिएको नेकपा एमालेको स्थायी कमिटी बैठकमा पूर्व माओवादीका नेताहरु पनि सहभागी भएका छन् ।

सोमबार एमाले अध्यक्ष केपी ओली निवास बालकोटमा भएको सहमति अनुसार नेकपा एमालेको २०७५ जेठ २ को एमाले संरचनाअनुसार स्थायी समिति बैठक बस्ने भनिएको थियो ।

यसो हुँदा फागुन २३ पछि माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका नेताहरु रामबहादुर थापा, लेखराज भट्ट, टोपबहादुर रायमाझी र मणिचन्द्र थापा बैठकमा सहभागी हुन मिल्दैन । तर मंगलबार तुलसीलाल अमात्य प्रतिष्ठानमा बसेको बैठकमा पुर्व माओवादीबाट मिसिएका नेताहरु पनि सहभागी भएको तस्बिरमा देखिएको छ ।

बैठकले नेताहरु भीम रावल, ईश्वर पोखरेल र विष्णु पौडेलले तयार पारेको १० बुँदे सहमतिको कार्यान्वयनको मोडेल पेश गरेर पास गर्ने तयारी गरेको छ ।