Logo

मेघनाथ पहाडी

भाद्र ८, २०७८ मंगलबार

राजन दाहाल बने माओवादी केन्द्र सिन्धुलीको इन्चार्ज


सिन्धुली । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) जिल्ला समिति सिन्धुली इन्चार्जको जिम्मेवारी राजन दाहालले पाएका छन् ।

रिक्त रहेका पदमा नेताहरुलाई जिम्मेवारी तोकेको माओवादी केन्द्रले सिन्धुली जिल्ला समिति इन्चार्जको जिम्मेवारी नेता दाहाललाई दिईएको हो ।

नेता दाहालले जिल्ला इन्चार्जको जिम्मेवारी पाएको माओवादी केन्द्र सिन्धुलीका स्कूल विभाग प्रमुख पुकार न्यौपाने (ज्वाला)ले जानकारी दिए ।

पार्टी कमिटिलाई जिल्ला समन्वय समितिमा रुपान्तरण गरेर माओवादीले संगठनात्मक अभियानको तयारी गरेको छ ।

पार्टी अधिवेशनका कामहरु, समिति निर्माणका कामहरु गर्ने क्रममा पनि राष्ट्रिय स्वधिनताको रक्षाको विषय, साथसाथै अहिलेको कोभिड महामारीमा जनतालाई सहयोग गर्ने विषय र कोभिडसँग जुध्न एकताबद्ध हने विषय, त्यसैगरी हाम्रो अहिलेको सन्दर्भमा प्रतिगमनप्रति सचेत हुनुपर्ने आवश्यकताका विषयसहित शिक्षा, स्वास्थ्य, कृषि, सामाजिक भेदभावको अन्त्य, उत्पादन, रोजगारी, पर्यावरणको रक्षा, विज्ञान प्रविधीको अधिकतम प्रयोगजस्ता विषयमा ध्यान केन्द्रीत गर्ने कुरा सिँगै पार्टी कमिटीलाई निर्देशित गर्दै नेताहरुलाई जिम्मेवारी तोकिएको माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।