Logo

बागमती पेज

भाद्र ९, २०७८ बुधबार

चन्द्रागिरीबाट झाँक्रीको ट्वीट : केन्द्रीय सदस्य र सांसदहरुको संख्या बढेको छ


काठमाडौं । प्रस्तावित नेकपा (एकीकृत समाजवादी) पार्टीकी नेृत तथा सांसद रामकुमारी झाँक्रीले दल दर्ताको लागि आफूहरुसँग कानूनबमोजिम आवश्यक संख्या पुगेको दाबी गरेकी छन् ।

पार्टीको विधान र राजनीतिक दस्तावेजबारे छलफल गर्न चन्द्रागिरी रिसोर्टमा रहेकी नेतृ झाँक्रीले सामाजिक सञ्जालमार्फत यस्तो दाबी गरेकी हुन् ।

उनले अहिले आफूहरु पार्टीको अन्तरिमक विधान, अन्तरिम नियमावली, घोषणा र कम्यनिष्ट आन्दोलनको पूनर्जागरण किन ? भन्ने राजनीतिक विषयहरुको लागि छलफलमा रहेको जनाएकी छन् ।

उनले लेखेकी छन्- पार्टीको अन्तरिम बिधान, अन्तरिम नियमावली, पार्टीको घोषणा र कम्यूनिष्ट आन्दोलनको पुनर्जागरण किन? भन्ने राजनीतिक विषयहरूको छलफलमा छौँ। हामी भोली निर्वाचन आयोगमा सनाखत गर्नेछौँ । बाहिर चलेजस्तो कानुन बमोजिमको आवश्यक संख्या नपुग्ने भन्ने छैन। निर्वाचित केन्द्रीय कमिटी र सांसदहरूको संख्या पनि निवेदन दर्ताको दिन भन्दा बढेको छ। सद्भावको लागि धन्यवाद!”