Logo

मेघनाथ पहाडी

भाद्र ११, २०७८ शुक्रबार

काठमाडौंका युवा नेता बद्री भट्टराईको मौनता किन ?


काठमाडौं । नेपाली काँग्रेसको १४ औँ महाधिवेशन नजिकिएसँगै इकाइदेखि पालिका, पालिकादेखि प्रदेश र क्षेत्रहुँदै केन्द्रका राजनीतिमा यतिखेर नेताहरू आफ्नो उम्मेदवारी दावी गर्दै अधिवेशन केन्द्रित सक्रिय भईरहेका छन् ।

केन्द्रदेखि गाउँसम्म काँग्रेसभित्र अधिवेशनको रौनक बढ्दै गैरहेको बेला नेपाली काँग्रेस काठमाडौंका युवा नेता बद्री भट्टराईले आफ्नो कुनैपनि दावी प्रतुत नगरि मौन रहेका छन् ।

युवा नेता बद्री भट्टराईले बागमती पेजसँग भने, ‘हरकुनै जिम्मेवारीका लागि म तयार छु, नयाँ काङ्ग्रेस, पुरानो संगठन बनाउने मेरो लक्ष्य रहेको छ । नेतृत्वले दिएको कुनै जिम्मेवारी बाट भाग्दिन ।’

०७० सालमा भएको संविधान सभा, ०७४ सालमा भएको पहिलो दोस्रो दुबै निर्वाचनमा युवा नेता भट्टराई एकाएक काठमाडौंमा प्रखर वक्ताका रुपमा सबैको प्रिय पात्रका रुपमा परिचित भए । स्थानिय देखि राष्ट्रिय तथा अन्तरास्ट्रिय स्तरका कार्यक्रम समेत गरि स्थानीय तहमा आफ्नो दरिलो उपस्थिति बनाएका भट्टराईको मौनतालाई निकै चासो पुर्वक हेरिएको छ ।

काठमाडौं क्षेत्र नं. ४ मा खेलकुद, विद्यार्थी सङ्गठन, साहित्य तथा सामाजिक काम मार्फत जनतालाई काङ्ग्रेस जोड्दै उनले राम्रो माहोल बनाएको समेत निकट एक नेताले बताए ।

कुन समुहबाट निर्वाचन लड्ने र के मा लड्ने स्पष्ट नभए पनि क्षेत्रिय सभापित बाहेक जुनसुकै निर्णायक जिम्मेवारीको उम्मेदवार रहने युवा नेता भट्टराईको दाबी छ ।

क्षेत्रिय सभापति बाहेक हर पदका लागि योग्य रहेका युवा नेता भट्टराई नेपाल विद्यार्थी संघ क्षेत्रिय सभापति, नेविसंघ काठमाडौं जिल्ला सभापित हुँदै २०७२ को विनासकारी भुकम्पका वेला नेपाली काङ्ग्रेस केन्द्रीय खेलकुद विभागको सचिवालय सचिव भएका थिए । त्यति मात्र नभएर उनी काठमाडौं जिल्ला खेलकुद विकास समिति काठमाडौँको उपाध्यक्षको समेत जिम्मेवारी समाल्दै लोकतान्त्रीक खेलकुद संघ बागमती प्रदेशको सचिवको जिम्मेवारी लिईसकेका छन् ।