काठमाडौं । मालबाहक ट्रक दुर्घटना हुँदा सिन्धुलीका एक युवाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा अन्य दुई घाईते भएका छन् ।
मालबाहक ट्रक अनियन्त्रित भई खोलामा खस्दा सिन्धुलीका २८ वर्षिय भोजराज बस्नेतको ज्यान गएको हो ।
भीमफेदी गाउँपालिका-१ को सानुटार नजिकबाट फलाम बोकेको ट्रक अनियन्त्रित भई राप्ती खोलामा खस्दा ट्रकमा सवार बस्नेतको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।
त्रिभुवन राजपथ हुँदै काठमाडौँ आउँदै गरेको प्रदेश१-०२-००१ ख ८७५९ नम्बरको ट्रक अनियन्त्रित भएर दुर्घटना भएको र बस्नेतको घटनास्थलमै ज्यान गएको रिमालले बताए ।
दुर्घटनामा ट्रक चालक मोरङ सुन्दरहरैचाका राजन बाँस्कोटा र सहचालक सोही ठाउँका सरोज आचार्य घाइते भएकाले उनीहरुको हेटौँडास्थित चुरेहिल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्